तिम्रो अनि मेरो सहर

kreeblog

तिमी मेरो सहर लाई मृत मान्छौँ
म ढुंगामा नि देवता देख्छु त्यहाँ
तिमी अस्तित्व हराएको सहर भन्छौँ
म ईतिहासले भरिएको ठाँउ भन्छु

तिम्रो सहरमा म ती देवालयहरू खोज्छु
बसन्तपुरको शीतलता मेट्ने चौतारी खोज्छु
मनको भारी बिसाउने पाटन जान खोज्छु
अनि सिद्धपोखरीको सुन्दरता खोज्छु

स्वयम्भुको डाँडा बाट मेरो सहर हेर्छौँ
बुन्छौ त्यही एउटा सुन्दर घर ढड्याउने चाहना
हर ईच्छा यहीँ पुरा गर्ने तिम्रो मनोकामना
पुरा होस् भनी पशुपतीनाथ पुकार्छौँ

तिम्रो सहरको कहानी नि एउटै
फरक यही छ
मेरो सहर लुकाउदैन
तिम्रो सहरमा सब लुक्छ
तिम्रो सहरको हरियो डाँडा हेरेर रम्न खोज्छु
उल्टो गिज्याँए झै लाग्छ
अनि भागेर मन लाग्छ
मेरै सहरको अंगालोमा पुग्न

तिम्रो सहरमा,
आफ्नाहरू खोज्छु
सपनाहरू रोज्छु
रहरहरू पाल्छु
पीरहरू झेल्छु
आत्मियता खोज्छु
झन् पर पर पुग्छु

तिमी भन्छौ आत्मीयता हराएको सहर,
म भने यही शहरकै कालो माटोमा
आमाले पोल्टाभरी पोको पारेका मकैका फूलजस्तै सपना,
र चोक-चोक दौडिरहेका अँखाहरूमा
आशाको बेजोड चमक टाँसिएको देख्छु
रङको, जातको, धर्मको लडाइँमा
तिम्रो…

View original post 64 more words

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s